कार दुर्घटना हुँदा पत्रकारको मृत्यु

135

बुटवल–कार दुर्घटना हुँदा एक पत्रकारको मृत्यु भएको छ । अनलाइन पत्रिका सञ्चालन गर्दै आएका पत्रकार कृष्ण पाण्डेको आफैले चलाएको कार दुर्घटना हुँदा मृत्यु भएको हो ।

न्युज २४ टिभीमा कार्यरत रुपन्देही तिलोत्तमा–६ बस्दै आएका पाण्डेले बा७च ६९५९ नम्बरको कार आफैले चलाएका थिए । बुटवल–भैरहवा सडक खण्डको ड्राइभरटोलमा गएराति पौने १२ बजेतिर सडकको डिभाइडर र रेलिङमा ठोक्किएर कार दुर्घटना हुँदा पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ ।

दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका उनलाई अस्पताल लैजाँदै गर्दा पाण्डेको बाटोमै मृत्यु भएको थियो ।

Womui
Womui