एक केजी सलहको २० रुपैयाँ

81

भैरहवा- एक केजी सलह ल्याउनेलाई २० रुपैयाँ दिइने भएको छ । सलह नियन्त्रण गर्न यस्तो निर्णय गरिएको प्रदेश ५ को कृषि विकास निर्देशनालयले जनाएकाे छ । त्यसका लागि सलह मारेर सम्बन्धित वडा कार्यालयमा बुझाउनु पर्नेछ ।

निर्देशनालयले प्रदेशका १०९ वटै तहलाई निर्देशन दिएको छ । प्रदेशमा सलह देखिएपछि शनिबार साँझ बसेकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बैठक बसेकाे थियााे। बैठकले सलहबारे किसानलाई सचेत गराउन प्रचारप्रसार गर्ने, सलह जम्मा गरेर आफ्नो वडा कार्यालयमा लगे प्रतिकिलो २० रुपैयाँका दरले खरिद गर्ने र बाली नभएका किरा मार्न विषादी प्रयोग गर्ने निर्णय गरेको छ।

Womui
Womui