युवालाई जर्सी र बल प्रदान गर्दै इन्प्रोक

106

नेपालगन्ज– कुलतबाट जोगाउँदै युवाहरुलाई खेलकुदमा सक्रिय बनाउनका लागि वातावरण तथा बालअधिकार संरक्षण केन्द्र(इन्प्रोक) ले फुटबल सामाग्री दिने अभियानको सुरुआत गरेको छ । शनिबार देखि सुरु गरिएको अभियानमा खजुराका तीन क्ल्बलाई खेल सामग्री प्रदान गरिएको इन्प्रोकले बताएको छ । पछिल्लो समय इन्प्रोकले खेलकुदको माध्यमबाट युवा र बालबालिकाको विकासका लागि काम गर्दै आएको छ । खजुरा गाउँपालिकाको सहयोगमा इन्प्रोकले खजुरा गाउँपालिकामा सक्रिय फुटबलका खेलाडीलाई बल र जर्सी प्रदान गरेको हो । खजुराका ८ क्लबलाई फुटबल सामग्री दिने कार्यक्रम रहेको इन्प्रोकका अध्यक्ष एवम एनजिओ फेडरेशसनका पूर्व अध्यक्ष तेजबिक्रम शाहले बताए ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले न्यु डाँफे स्पोर्टस क्लबका अध्यक्ष एवम खजुरा गाउँपालिका वडा नम्बर ४ अध्यक्ष तिलकवीर सुनारलाई हस्तान्त्रण गर्दै अभियानको सुरुआत गरेका थिए । प्रत्येक क्लबका खेलाडीलाई १ सेट जर्सी र २ वटा केलमिको बल प्रदान गर्ने इन्प्रोकले बताएको छ । यसैगरी शनिबारै खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित बागमती स्पोर्टस क्लब र सी गाउँ नयाँ वस्तीको मोडेल टीमलाई फुटबल जर्सी र बल प्रदान गरिएको छ ।

आगामी साता योगिनी युथ क्लब गौघाट लगायतका ५ क्लबलाई सहयोग सामाग्री प्रदान गर्ने तयारी भैरहेको अध्यक्ष शाहले बताए । युवाहरुलाई फुटबल सामाग्री प्रदान गर्न पाउँदा खुसी लागेको अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए । उनले भने, ‘बाँके जिल्ला खेलकुदमा खजुरा अगाडि छ । हामीले आठौ राष्टिय खेलकुदका केहि खेल गरेको थियौं । महिला फुटबल गरेको थियौं । सातै वटा प्रदेशका खेलाडीले खजुराको मैदानलाई चिनेर गएका छन् ।’ उनले थपे, ‘खजुराले थुपै खेलाडी जन्माएको छ । यहाँ खेलकुदका पुर्वाधार पनि बढदै गएका छन । खजुरामा खेलकुद ग्राम निर्माणको सुरुआत भैसकेको छ । यसले थप उत्साह थपेको छ खेलक्षेत्रमा ।’ वडा नम्बर ४ का अध्यक्ष सुनारले स्थानीय क्ल्बलाई खेल सामाग्री प्रदान गरेकोमा आयोजकलाई धन्यवाद दिएका छन् । डी गाउँस्थित न्यु डाँफे स्पोर्टस क्ल्बले खेल्ने गरेको मैदानलाई आधुनिक बनाउन आफु लागिपरेको सुनारले बताए ।

Womui
Womui