सिक्टा नहरमा डुबेर ८ वर्षीया बालिकाको मृत्यु

120

बाँके(राप्तीसोनारी)–सिक्टा नहरमा डुबेर एक बालिकको शनिबार मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ स्थित अम्रहवा नजिकको नहरमा शनिबार दिउँसो अन्दाजी ३ बजेतिर डुबेर मृत्यु भएको ढकेरी प्रहरी चौकीका इन्चार्ज कुमार केसीले जानकारी दिए ।

इन्चार्ज केसीका अनुसार ८ वर्षीया मृतक करिश्मा सारुमगरसँगै अन्य दुईजना बाख्रा चलाउन गएका थिए । बाख्रा चराउने क्रममा चिप्लिएर तीनैजना सिक्टा नहरमा खसेका थिए । नहरमा डु्बिरहेका उनीहरुलाई स्थानीयले उद्धार गर्ने क्रममा दुईजना सकुसल रहेपनि करिश्माको मृत्यु भएको इन्चार्ज केसीले बताए ।

Womui
Womui