५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा इन्स्पेक्टर र वकिल पक्राउ

89

कैलाली- सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा प्रहरी इन्स्पेक्टर र कानुन व्यवसायी रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरको टोलीले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत इस्पेक्टर प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई रंगेहात पक्राउ गरेको हो ।

जबर्जस्ती करणी र सार्वजनिक हित विरुद्धको दुई मुद्दा मिलाइ दिने भन्दै उनीहरुले सेवाग्राहीसँग ५० हजार घुस लिएको अख्तियारले जनाएको छ।

Womui
Womui