तराई दलित विकास मञ्च अध्यक्षमा मोल्हे, सल्लाहकार संयोजकमा इस्तियाक अहमद शाह

165
आफ्ना भनाइ राख्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह ।

अरुण यादव

बाँके(नरैनापुर)– बाँकेको नरैनापुर गाउँपालिकामा अवस्थित तराई दलित विकास मञ्चको छौटौं महाधिवेसन सम्पन्न भएको छ । मञ्चको १५ औं वार्षिक साधारण सभाले मञ्चको अध्यक्षमा मोल्हे आर्यलाई चयन गरेको छ । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको प्रमुख अतिथित्व सम्पन्न निर्वाचनमा मञ्चले ९ जनाको कार्यसमिति चयन गरेको छ ।

बिहीबार सम्पन्न निर्वाचनमा मोल्हे आर्यको अध्यक्षतामा उपाध्यक्ष शान्तिदेवी चमार, महासचिव हरिप्रसाद धोबी, सचिव  लक्षीराम धोवी, सहसचिव कमरोला खाँ, कोषाध्यक्ष     ध्रुवपति चमार, सदस्यद्वय क्रमशः सलिम दर्जी, बेगमी मुसेरी, रामकुमार धोबी चयन भएका छन् ।

त्यस्तै सल्लाहकार समिति संयोजकमा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाह अहमद शाह,  सदस्यमा क्रमशः नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव, नरैनापुर गाउँपालिका वडा नम्बर ६ का वीरेन्द्रपाल सिंह, लक्ष्मी नारयण शाह र दीप नारायण बर्मा चयन भएका छन् ।

दलित सेवा संघ अध्यक्ष सीयाराम धोबीले संचालन गरेको कार्यक्रममा बोल्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जातिका आधारमा मानवको मूल्याङ्न गर्नु नहुने बताए । परम्परादेखि समाजको दबाब झेल्दै आएका दलित वर्गको हक अधिकारका लागि समाजमा हुने अन्याय अत्याचार आफूलाई सह्यय हुने बताए । अध्यक्ष शाहले दलित वर्गको हक अधिकारका आफू सदा एक कदम अगाडि सरेर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

नरैनापुर गाउँपालिका वडा नम्बर ६ गंगापुरमा केन्द्रीय कार्यालय रहेको तराई दलित विकास मञ्चले आफ्नो स्थापनाकालदेखि दलित वर्गको हकअधिकारका लागि आवाज उठाउँदै आएको छ । त्यति मात्र नभएर मञ्चले समाजमा जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ । मञ्चले छुवाछुतविरुद्ध सडक नाटक, धूम्रपानविरुद्ध तालिम र सडक नाटक, समाजमा जनजागरणका कार्यक्रमद्वारा नागरिकलाई सचेत गराउँदै आएको दलित सेवा संघ अध्यक्ष सीयाराम धोबीले बताए ।

Womui
Womui