गेरुवा गाउँपालिकाको ५८ करोड ७८ लाख बराबरको बजेट स्वीकृत

128

बर्दिया, असार १०-
बर्दियाको गेरुवा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ५८ करोड ७८ लाख २१ हजार १ सय ४३ रुपैयाँ बराबरको बजेट ल्याएको छ । गाउँपालिकाको आठौं सभाले नीति तथा कार्यक्रम र बजेट स्वीकृत गरेको प्रमुख प्रशासकीय अधिकृत काशी पंगेनीले जानकारी दिए । कुल विनियोजन मध्ये चालुतर्फ ६८.७८५ र पुँजीगत तर्फ ३१.२२५ बजेट रहेको उनले बताए ।

गाउँपालिकाबाट कोरोना भाइरस कोभिड–१९ का कारण लकडाउन भएर समस्यामा परेका २ हजार २ सय विपन्नलाई प्रति परिवार करिव १९ सय रुपैयाँको दरले ४१ लाख ८० हजार रुपैयाँको राहत वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत पंगेनीले जानकारी दिए । कोभिड–१९ रोकथामका लागि बिभिन्न ठाउँबाट गाउँपालिकामा आएका १३ सय जना भन्दा बढीलाई विभिन्न १२ ठाउँमा क्वारेन्टाइन निर्माण गरी कम्तीमा १४ दिन भोजन तथा अन्य ब्यवस्थापन गर्दा हालसम्म करिव ६२ लाख खर्च भएको बताइएको छ ।

Womui
Womui