अनलाईन शिक्षाको नाममा शुल्क उठाउँदै निजी बिद्यालय

171

नेपालगन्ज, असार ११-
निजी बिद्यालयहरुले अनलाईनका नाममा धमाधम बिद्यार्थीबाट शुल्क उठाउन थालेका छन् । सरकारले कोरोना भाइरसका कारण बिद्यालयको पठन पाठन बन्द गराएको छ । अनलाईन शिक्षाको प्रभावकारिता नभएको ठहर गर्दै सरकारले टेलिभिजन र रेडियोमार्फत पठन पाठन सञ्चालन गरिरहेका बेला बाँकेका निजी बिद्यालयले भने आफुखुसी अनलाईन कक्षा चलाउन थालेका हुन् ।

निजी बिद्यालयले गर्न लागेको अध्यापन कार्य र त्यसको बहानामा बिद्यार्थीहरुबाट लिन खोजिएको शुल्कका सम्बन्धमा अधिकारकर्मीले चासो ब्यक्त गरेका छन् । सरकारले अनलाईन शिक्षाका नाममा कुनैपनि शुल्क नउठाउन र त्यस्तो पाइएमा कारबाही गर्ने निर्देशन गरिरहेका बेला बाँकेका निजी बिद्यालयले उठाउन थालेका हुन् । निजी बिद्यालयले शुल्क उठाउन थालेपछि यहाँका अभिभावक पनि रुष्ट बनेका छन् । यसैक्रममा अधिकारकर्मीले नीजि बिद्यालयहरुले अनलाईन शिक्षाका सम्बन्धमा सम्बन्धित निकायहरुलाई सचेत तथा आवश्यक कारवाहीका लागी पहल गर्न राष्ट्रिय मानव अधिकार आयोग ५ नं शाखा कार्यालय नेपालगंजका प्रमुख चन्द्रकान्त चापागाईलाई ध्यानाकर्षण बुझाएका छन् ।

ध्यानाकर्षण पत्रमा अधिकारकर्मीले अनलाईन कक्षा बढाउने कानूनी आधार बिद्यालयले कहाँबाट प्राप्त गरेको हो भन्ने लगायतका ४ वटा सवाल उठाएका छन् । नेपालगन्जको आर्दश स्कुलसहित केही निजी बिद्यालयले अनलाइन शिक्षाका नाममा शुल्क उठाइरहेको अभिभावकको गुनासो छ । अधिकांस अभिभावक अनलाईन शिक्षाको कुनै औचित्य नरहेको र बिद्यार्थीलाई पढाउने अनलाइन शिक्षाको प्रभावकारिता नहुने स्पष्ट पारिसकेका छन् ।

Womui
Womui