पहिरोले गाडी बगाउँदा मृत्यु हुनेको संख्या तीन पुग्यो

70

नेपालगन्ज- पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिरोले दुईवटा गाडी बगाउँदा तीन जनाको मृत्यु भएको छ। पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका एउटा मिनी ट्रक र पानी बोक्ने ट्यांकर पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको हो । तीनजना मध्ये दुईजनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  

साँझ करिब पाँच बजे पहिरो जाँदा उक्त दुर्घटना भएको थियो । सम्मोबारी नजिकै पहिरो खस्दा ट्यांकर, बोलेरो जिप, मिनी ट्रक र कार बगाएको र बगेका सवारी साधनमा कति मानिस सवार थिए भन्ने यकिन जानकारी भइनसकेको प्रहरीले जनाएको छ। सोमबार बिहानैदेखिको लगातारको वर्षाले देशका थुप्रै ठाउँमा पहिरो गएको छ। स्थानीय तहहरुले वर्षातसँगै जथाभावी बाटो निर्माण गरेपछि पाल्पामा पहिरोको जोखिम बढेको स्थानीयको भनाइ छ । पहिरो गएको स्थानमा तानसेन नगरपालिकाले केही समयदेखि बाटो चौडा गरेको थियो । लगातार परेको वर्षाका कारण सोमबार बिहानदेखि नै पहिरोले बाटो अवरुद्ध रहेको थियो ।

Womui
Womui