५३५ थपिए, नेपालमा ९५६१ संक्रमित

88

काठमाडौं– पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार थपिएका ५३५ सहित नेपालमा संक्रमितको संख्या ९५६१ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ३७० रहेको छ । जसमा यो सहित संक्रमण मुक्त हुनेको संख्या २१४२ पुगेको छ । कुल संक्रमितमध्ये २३ जनाको मृत्यु भएको छ।

Womui
Womui