पत्रकार केसीले खुवाए क्वारेन्टाइनका २८ जनालाई साँझको खाना

210

सल्यान–सल्यान जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर ३ स्थित शारदा जनकल्याण मावीको क्वारेन्टाइनमा रहेका २८ जनालाई साँझको खाना उपलब्ध गराईएको छ । नेपाल प्रेस यूनियानका केन्द्रिय सदस्य जयसिंह केसिले क्वारेन्टाइनमा बसेकालाई साँझको खाना स्वरुप मासु, भात उपलब्ध गराएका छन् । आफ्नो स्व. बुवाको जन्म स्थान भएकाले सो स्थानमा रहेका मासु भात खुवाएको बताए । कालिमाटी गाँउपालिकाका अध्यक्ष दान बहादुर खत्रीले स्थानीय सरकार क्वारेन्टाइन व्यवस्थापन गरिरहेको बताए ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य केसिले कोरोना भाईरसको महामारीमा सबै एक भएर लड्नु पर्ने बताए । कार्यक्रममा बोल्दै कालिमाटी गाँउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर ओलिले क्वारेन्टाइनमा बसेकालाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस बाँकेका सदस्य चिन्तामणी धितालले क्वारेन्टाइनमा बसेर आफ्नो घर परिवारलाई सहयोग गरेको जानकारी दिँदै क्वारेन्टाइनमा बसेका सबैको पिसिआर बिधिबाट परिक्षण गर्न सरकारसँग माग समेत गरेका छन् । साथै उनले क्वारेन्टाइनमा बसेकासँगै नाचगान गरेका थिए ।

Womui
Womui