राप्तीसोनारीले पठायो वडालाई बस्तीस्तरीय योजना छनोट सिलिङ

138

बाँके (राप्तीसोनारी)–बाँकेको राप्ती सोनारी गाउँपालिकाले आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम र बजेटको तयारी सुरु गरेको छ । गाउँपालिकाको वार्षिक बजेट तर्जुमाको काम सुरु भएको हो ।
गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शन २०७६ अनुसार र फर्मेटमा वडा तथा बस्तीस्तरीय योजना तथा कार्यक्रम छनोट गर्नका लागि वडा कार्यालयलाई पत्राचार गरेको छ ।

शिक्षा, भौतिक पूर्वाधार, स्वास्थ्य, कृषि, सडक, विपत् व्यवस्थापनलगायतका विषयलाई प्राथमिकतामा राखेर बस्ती स्तरीय योजना तथा कार्यक्रम छनोट गर्न वडा कार्यालयलाई सिलिङ गरिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । अध्यक्ष थारुका अनुसार वडा नम्बर १ र २ लाई १ करोड ७५ लाख रुपैयाँ, वडा नम्बर ५ लाई १ करोड ६० लाख रुपैयाँ, वडा नम्बर ३,४,६,७,८ र ९ लाई १ करोड ५० लाख रुपैयाँको दायरामा रहेर वस्ती स्तरीय योजना छनोटका लागि सिलिङ पठाइएको हो । शनिबार गाउँपालिकाको कार्यलयमा बसेको बोर्ड बैठकले साउन ८ गतेसम्म वडा कार्यालयले छनोट गरेका योजना तथा कार्यक्रम गाउँपालिकामा आइपुग्ने गरी सम्पूर्ण शाखालाई पनि योजना कार्यक्रमबारे बजेट छनोट गर्न निर्देशन दिइएको छ ।

समुदायमा कोभिड १९ ले पारेको समस्याको समाधान र शिक्षा, स्वास्थ्य, कृषि, स्वरोजगार, विपत व्यवस्थापनलगायतका क्षेत्रमा विशेष कार्यक्रमका योजना यस वर्ष नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिइने गाउँपालिका अध्यक्ष थारुले बताए ।

वडा कार्यालयलाई साउन ८ गते दिनभित्र बस्तीस्तरको योजना छनोट गरी पालिका कार्यालयमा पेश गर्न निर्देशन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । संघीय सरकारबाट स्थानीय तहका लागि बजेट सिलिङ आएपछि अहिले वडास्तरीय योजना छनोट प्रक्रिया सुरु अधिकृत बस्नेतले बताए बताए ।

Womui
Womui