राप्तीको बाढी खतराको चिन्ह भन्दा माथी पुग्यो

105

नेपालगन्ज, असार ६-
राप्ती नदीमा शनिबार ठुलो बाढी आएको छ । बाढी खतराको चिन्ह भन्दा माथी पुगेको छ । पहाडी क्षेत्रमा अविरल वर्षा भएका कारण राप्ती नदीमा बाढी आएको हो । बाँकेको कुुसुमस्थित बाढी मापन केन्द्रमा गरिएको मापन अनुसार नदीको सतह खतराको चिन्ह भन्दा माथी पुगेको छ । केन्द्रमा शनिबार बेलुकी ५ बजे गरिएको मापनमा नदीको सतह ५ मिटर ५० सेन्टिमिटर माथी पुगेको ईलाका प्रहरी कार्यालय कुसुमका इन्चार्ज एवम् प्रहरी नायव निरीक्षक(सई) लक्ष्मण डाँगीले जानकारी दिए । उनले भने, ‘यो खतराको चिन्हभन्दा माथी हो, नदीको सतह ५ मिटर ४० सेन्टिमिटर पुग्दा नदीको तल्लो तटिय क्षेत्रमा डुबान हुने खतरा हुन्छ ।’

कुसुममा नदीको सतह ५ मिटर ४० सेन्टिमिटर पुग्ने बितिकै राप्ती नदीको तल्लो तटिय क्षेत्र बैजापुर, बिनौना, कचनापुर, फत्तेपुर, होलिया, कम्दी, बेतहनी लगायत गाउँमा बाढी पस्ने खतरा हुन्छ । कुसुममा मापन गरिएको बाढी तल्लो तटिय क्षेत्रमा पुग्न करिव ४ देखी ५ घण्टा जति समय लाग्ने भएकाले स्थानीय प्रशासनले बाढी पुर्वसूचना प्रणालीमार्फत सर्बसाधारणलाई अर्लट गराउँदै आएको छ । स्थानीय प्रशासनले शनिबार राप्तीको तल्लो तटिय क्षेत्रका स्थानीयलाई अर्लट गराएको छ । विभिन्न स्थानमा साइरन बजाएर अलर्ट गराइएको हो । राप्ती नदीमा आएको बाढी यसवर्षकै ठुलो रहेको र तल्लो तटिय क्षेत्रका स्थानीय बासिन्दालाई अलर्ट रहन आग्रह गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

Womui
Womui