२० नभई तीनजनाको कोरोना संक्रमणले मृत्युः प्रधानमन्त्री

75

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा २० जनाको कोरोना भाइरसको संक्रमणले ज्यान गएको नभई संक्रमणका कारण बढीमा तीनजनाको ज्यान गएको हुनसक्ने बताएका छन् । उनले विश्व स्वास्थ्य संगठनको निर्देशन मान्नु परेकाले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ठूलो देखिएको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्म मृत्यु भएका २० जनाको कोरोनाकै कारण मृत्यु नभएको दाबी गरेका हुन् ।

राष्ट्रिय सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले बढीमा तीनजनाको मात्र कोरोनाबाट मृत्यु भएको बताउँदै बाँकीको भने अन्य कारणले मृत्यु भइसकेपछि कोरोना भाइरस देखिएको बताए ।

नेपालमा मृत्यु भएका २० जनामध्ये केहीको अन्य बिमारीको कारणले मृत्यु भएको र कोरोनाले पनि छोएको हुनसक्छ । कोरोना संक्रमितको अरु जुनसुकै कारणले मृत्यु भए पनि कोरोनाकै कारण मान्ने विश्व स्वास्थ्य संगठनको मापदण्डका कारण नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या बढी देखिएको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्रीले भने, ‘हाम्रो उपचार विधि र प्रतिरोध क्षमताको कारणले निधन हुनेको संख्या धेरै कम छ ।’ उनले दक्षिण एसियामा नेपाल कोरोना संक्रमण र मृत्युमा भुटानभन्दा पछि रहेको जानकारी दिए ।

Womui
Womui