६७१ थपिए, नेपालमा ७८४८ संक्रमित

144

काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार थपिएका ६७१ सहित नेपालमा संक्रमितको संख्या ७८४८ पुगेको छ भने पछिल्लो २४ घण्टामा १९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै घर फर्कनेको संख्या ११८६ पुगेको छ। संक्रमित मध्ये २२ जनाको मृत्यु भइसकेको छ भने ७४ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

Womui
Womui