निशान छापको नक्सा परिवर्तनका लागि ल्याइएको विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित

120

काठमाडौं– संविधानको अनुसूची ३ मा रहेको निशान छापको नक्सा परिवर्तन गर्नका लागि ल्याइएको संविधान विधेयक बिहीबार पारित भएको हो । संविधान संशोधनका लागि मतदानमा ५७ जना सहभागी सबैले संविधान संशोधनकै पक्षमा मतदान गरेका छन् । ५८ सदस्यीय राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले मतदानको अध्यक्षता गरिरहेकाले उनले मतदान गरेनन् ।

अब संविधान संशोधन विधेयक सन्देशसहित प्रतिनिधिसभामा जानेछ। त्यसपछि सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनेछन्। राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि संविधानको अनुसूची ३ मा रहेको निशान छापको नक्सा परिमार्जन हुनेछ र परिमार्जित निशान छाप प्रयोगमा आउनेछ।

नेपालको निशान छापमा रहेको नक्सा परिवर्तनका लागि सरकारले ल्याएको संशोधन विधेयक जेठ ३१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भइसकेको छ।

Womui
Womui