मृत अवस्थामा भेटिएकी महिलामा कोरोना पुष्टि

38

नेपालगन्ज- सुर्खेतमा मृत भेटिएकी महिलामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले बुधबार जारी गरेको विज्ञप्ति अनुसार गत सोमबार झुन्डिएको अवस्थामा फेला परेकी सिम्ता ८, सुर्खेतकी २५ वर्षीया महिलाको कोरोना संक्रमण पोजेटिभ देखिएको हो।

ती महिलाको सुर्खेतस्थित प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा कोरोना संक्रमण परीक्षण गरिएको थियो। भारतबाट फर्किएर स्थानीय क्वारेन्टिनमा रहेकी ती महिला आरडिटी परीक्षण नतिजा नेगेटिभ आएपछि केही दिनअघि घर फर्किएको महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यससँगै कर्णालीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४ पुगेको छ।

Womui
Womui