मृतक महिलामा कोरोना संक्रमण पुष्टि

37

नेपालगन्ज– बाँकेमा मृत्यु भएकी महिलामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार बैजनाथ गाउँपालिकाकी मृतक ४५ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो ।

मृतक महिला बिरामी भएपछि मेडिकल कलेज, कोहलपुरमा उपचार गराइरहेकी थिइन् । उनको मृत्यु भइसकेपछि कोरोना भाइरसको संक्रमण जाँच गर्न लिइएको स्वावको मंगलबार राति आठ बजे रिपोर्ट आउँदा कोरोनाको संक्रमण देखिएको हो। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ती महिलाको शव व्यवस्थापन बुधबार (भोलि) गरिने छ ।

योसँगै बाँकेमा मृतक दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३२३ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट निको भएर २०७ जना घर फर्किएका छन् ।

Womui
Womui