आरडीटी पोजेटिभ देखिएपछि आत्महत्या

35

काठमाडौं- आरडीटी नतिजा पोजेटिभ देखिएपछि एक पुरुषले आत्महत्या गरेका छन् । अर्घाखाँची शितगंगा नगरपालिका-५ स्थित क्वारेन्टिनमा रहेका स्थानीय ४५ वर्षीय देवबहादुर बिकले मंगलबार राति आत्महत्या गरेका हुन्। अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलका अनुसार ती पुरुषको शव बुधबार बिहान क्वारेन्टिन नजिकैको रुखमा झुन्डिएको अवस्थामा फेला परेको छ।

विद्यालयको कोठामा सँगै बस्ने अन्य दुई जना निदाएपछि ती पुरुषले रुखमा झुन्डिएर आत्महत्या गरेको प्रमुख जिल्ला अधिकारी पौडलले बताए। ती पुरुषको १० दिनअघि आरडीटी परीक्षण नतिजा पोजेटिभ आएको र पीसीआर परीक्षणका लागि स्वाबको नमुना भैरहवास्थित प्रादेशिक प्रयोगशाला पठाइएको बताइएको छ।

Womui
Womui