कर्णालीमा एकै दिन १८९ घर फर्किए, ९ संक्रमित थपिए

73

नेपालगन्ज- कर्णाली प्रदेशबाट १८९ जना घर फर्किएका छन् भने मंगलबार ९ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको पीसीआर परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार मंगलबार दुल्लु अस्पतालबाट २७, दैलेख अस्पतालबाट १२०, सल्यान अस्पतालबाट ४१ जना र प्रदेश अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन् । यससँगै कर्णालीमा कोरोनाको उपचारपछि निको भइ घर फर्किनेको संख्या ३४२ पुगेको छ।

थपिएका ९ जना कोरोना संक्रमित

महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३, ५ र ११ का एकएक र वडा नम्बर ७ का दुई पुरुष कोरोना संक्रमित भएका छन्। यस्तै, सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ११ र १२ का एक एक पुरुष तथा भेरीगंगा नगरपालिकाका एक पुरुष र एक महिलालाई कोरोना पोजेटिभ देखिएको छ। हाल ती सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको विज्ञप्तिमा उल्लेख छ।

Womui
Womui