चीन-भारत सीमामा झडप, तीन भारतीय सैनिक मारिए

63

काठमाडौं– चीन र भारतको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको छ । झडपमा तीन भारतीय सैनिक मारिएका छन् । लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको छ । झडपमा तीन भारतीय सैनिकहरु मारिएका छन् । भारतीय सैनिकले एक विज्ञप्ति जारी गर्दै लद्दाखको गल्वानमा उपत्यकामा चिनियाँ सैनिकसँगको झडपमा परी एक अधिकृतसहित आफ्ना तीन जना सैनिकको मृत्यु भएको जानकारी दियो। लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो । दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता पनि भएको थियो । यता चीनले भारतीय सैनिकले सीमा नाघेकाले झडपको अवस्था सृजना भएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयले सोमबार मात्र भारतीय सेनाले दुईपटक सीमा पार गरेको बताएको छ । सीमा पार गरेका भारतीय सैनिकले चिनियाँ सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि झडप भएको मन्त्रालयले बताएको छ ।

Womui
Womui