विश्वभर चार लाख ३९ हजार ७०५ को मृत्यु, ८१ लाख बढी संक्रमित

40

काठमाडौं–विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८१ लाख नाघेको छ । कोरोना नेपाल डट लाइभका अनुसार सबैभन्दा धेरै अमेरिकामा २१ लाख बढी संक्रमित फेला परेका छन् भने ब्राजिलमा आठ लाख ८८ हजार नाघेको छ । त्यस्तै रुमिमा पनि पाँच लाख ३६ हजारभन्दा धेरै संक्रमित छन् । त्यस्तै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि चार लाख ३९ हजार ७०५ पुगेको छ ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा एक लाख १६ हजारभन्दा धेरै छ भने ब्राजिलमा ४३ हजारभन्दा धेरैको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । बेलायतमा पनि मृतकको संख्या ४१ हजारभन्दा धेरै छ । त्यस्तै निको हुनेको संख्या ४ लाख २५ हजार २ हजार ३८३ रहेको छ ।

Womui
Womui