१५० घरधुरीलाई राहत वितरण, नरैनापुरका अध्यक्ष भन्छन्,‘सहयोगीदाता सबैलाई धन्यवाद’

65

अरुण यादव
बाँके (नरैनापुर)–नरैनापुरमा रहेका अति गरिब र विपन्न परिवारलाई राहत वितरण गरिएको छ । राहत पाउनयोग्य व्यक्तिको छनोट गरी १५० घरपरिवारलाई एक आइतबार खाद्यान्न सामग्री वितरण गरिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए । प्रति घरपरिवारलाई २५ किलो चामल, ३ केजी दाल, १ लिटर तेल, १ पोका नुन र १ केजी सोयाबिन वितरण गरिएको हो ।

पछिल्लो समय कोरोना भाइरसको हडस्पट बनेको गाउँपालिकामा विभिन्न गैरसरकारी संघसंस्थाद्वारा सहयोग जुट्ने क्रम बढेकोप्रति अध्यक्ष शाहले खुसी व्यक्त गर्दै सहयोगीदाता सबैलाई धन्यवाद दिएका छन् । कोरोनाको कहर हट्दै गएपछि अहिले गाउँपालिकाको जनजीवन सामान्य बन्न थालेको छ । लकडाउनको समयमा करिब ११ सय जना भन्दा बढीलाई क्वारेन्टाइनमा राख्न बाध्य गाउँपालिकाले कोरोना भाइरसका कारण एकजनाको ज्यानसमेत गुमाउन पुग्यो । जुन गाउँपालिकाको लागि बिर्सन नसक्ने घटना घटेको अध्यक्ष शाह बताउँछन् । ता पनि मानिसलाई समयसँगसँगै हिँड्नु पर्ने उनी बताउँछन् । मरेर जाने व्यक्ति फर्केर नआउने भएकाले हरसम्भव आफू रहेसम्म मृतक परिवारको सुख दुखमा गाउँपालिकालगायत व्यक्तिगत रुपमा आफू सदा खडा रहने प्रतिबद्धता अध्यक्ष शाहले ब्यक्त गरेका छन् ।

गाँपालिकालाई कोरोना भाइरस अगाडिको गाउँपालिकाको रुपमा सामान्य अवस्थामा ल्याउन आफूले हरसम्भव प्रयास गरिरहेको अध्यक्ष शाहले बताएका छन् । अध्यक्ष शाहकै अग्रसरतमा अहिले वर्षौ अन्धकारमा बिताएका गाउँवासीले बिजुली बत्तीको सुविधा लिन पाएका छन् भने स्वास्थ्य सम्बन्धी समस्या आए एमबीबीस डाक्टर पनि पाएका छन् । त्यसैले पनि गाउँपालिकावासी अहिले दुःख, पीडा बिर्सेर सामान्य अवस्थामा आउने प्रयत्न गरिरहेको देखिन्छ ।

यसैबीच आइतबार वितरण गरिएको खाद्यान्न सामग्री एनएफ बाँकेले उपलब्ध गराएको हो ।

Womui
Womui