बाँकेको डुडुवामा रहेका २५ संक्रमित घर फिर्ता, आइतबार दुई संक्रमित थपिए

165
शाहपुर्वाको आइसोलेसनमा कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्कि‌दै गरेका गाउँवासीलाई शनिबार जुस खुवाएर विदाइ गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी (सेतो दौरा सुरुवाल)लगायत ।

बाँके (डुडुवा)– डुडुवामा आइतबार थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । डुडुवा गाउँपालिका वार्ड नंं १ का १९ वर्षीय पुरुष र वार्ड नं. ३ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको भेरी अस्पतालको रिपोर्टमा उल्लेख छ । संक्रमित दुवैजनालाई पालिकाको ४ नं. स्थित आधारभूत विद्यालय शाहपुर्वको आइसोलेशन वार्डमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताए ।
शनिबार १७ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । योसँगै डुडुवा गाउँपालिकामा पुराना कूल २५ जना कोरोना संक्रमित सबै घर फर्किसकेका छन् ।

Womui
Womui