निजी प्रयोगशालामा कोरोना परीक्षण, खर्च सरकारले व्यहोर्ने

59
प्रतिविम्बित तस्बिर ।

काठमाडौं । निजी प्रयोगशालामा कोरोना भाइरसको परीक्षण गर्न निर्णय सरकारले गरेको छ । निजी प्रयोगशालामा कोरोना भाइरसको परीक्षण भएपनि खर्च भने सरकारले नै व्यहोर्ने भएको छ । पछिल्लो समय सरकारी प्रयोगशालाहरूले परीक्षण धान्न नसकेपछि सरकारले निजी प्रयोगशालाहरूलाई समेत परीक्षण गर्ने अनुमति दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ । यसरी जाँच गर्दा लाग्ने खर्च सरकारले व्यहोर्नेछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९ वटा निजी प्रयोगशालाहरूले परीक्षणको लागि आवदेन दिएका थिए। तर कुन-कुन निजी प्रयोगशालालाई परीक्षण अनुमति दिने कुरा टुंगो लागेको छैन।

Womui
Womui