थप दुईको कोरोनाबाट मृत्यु, कुल संख्या १८ पुग्यो

57


छिनछिन खबर
काठमाडौं
– कोरोना भाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा र पर्साका २ जनाको मृत्यु भएको हो । पर्साको वीरगञ्जस्थित २५ वर्षे पुरुषको गत जेठ २८ गते बेवारिसे लास फेला परेको थियो ।

उनको नमूना परीक्षण गर्दा कोरोना पाइएको थियो । त्यसैगरी बाराको निजगढ नगरपालिका–६ का ५ वर्षे बालकलाई श्वासप्रश्वासमा समस्या देखिएपछि वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो । उनको जेठ ३० गते राति मृत्यु भएको थियो । यसरी नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १८ पुगेको छ ।

Womui
Womui