‘निर्माण सामग्री अभाव हुँदा थुप्रै काम प्रभावित’ : अध्यक्ष खड्का

193

नेपालगन्ज, जेठ ३१-

निर्माण ब्यवसायी संघ बाँकेका अध्यक्ष टेकबहादुर खड्काले निर्माण सामाग्री अभावका कारण थुपैै्र काम प्रभावित रहेको बताएका छन् । कोरोना भाइरसलाई मध्यनजर गर्दैै सरकारले गरेको लकडाउनका कारण निर्माण ब्यवसायीले कुनैपनि काम गर्न नपाएको उनको भनाई छ । जिल्ला समन्वय समिति बाँके र जिल्ला प्रशासन कार्यालयले संयुक्त रुपमा गरेको छलफलमा अध्यक्ष खड्काले निर्माण ब्यवसायीले निर्माण सामाग्री पाउनै नसकेको गुनासो गरे ।

‘हामी निर्माण ब्यवसायीले काम गर्नका लागि निर्माण सामाग्री पाएका छैनौं, काम गर्ने मजदुर पाउन सकिरहेका छैनौं,’ उनले भने ‘कतिपय निर्माण ब्यवसायी साथीहरुले जिल्ला बाहिरबाट निर्माण सामाग्री ल्याएर काम गर्नु परिरहेको अवस्था छ ।’ जिल्लाभित्रै रहेको निर्माण सामाग्री प्रयोग गर्न नपाउँदा बाहिरबाट ल्याउनु परेको उनको भनाई छ । ‘निर्माण सामाग्री टाढाबाट ल्याउँदा आर्थिक भार थपिने गरेको छ,’ उनले भने ‘हामी पनि यही देशको नागरिक हौं, देशलाई बनाउने दायित्व हाम्रो पनि हो, हामी सम्वेदनशिल नै छौं ।’

Womui
Womui