नयाँ नक्सा निशान छापमा समेटियो, संविधान संशोधन सर्वसम्मतले पारित

188


छिनछिन खबर
काठमाडौं
– भारतले दावी गर्दै आएको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा नेपालको निशान छापमा समेटिएको छ । नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ विधेयक सर्वसम्मत रुपले प्रतिनिधिसभाबाट पारित भएसँगै निशान छाप नयाँ नक्सा अनुसार समेटिएको हो ।

प्रतिनिधि सभामा संशोधनको पक्षमा २५८ मत प¥यो । विपक्षमा कसैले पनि मतदान गरेनन् । अब विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएपछि यो कार्यान्वयनमा आउनेछ ।

Womui
Womui