राहत प्याकेज सम्बन्धी विभिन्न माग राख्दै व्यवसायीको बाँकेमा प्रदर्शन

22

नेपालगन्ज– देशमा जारी लामो लकडाउनका कारण प्रभावित उद्योग, व्यवसाय सञ्चालनका लागि विभिन्न राहत प्याकेज ल्याउनुपर्ने माग गर्दै प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले नेपालगन्जमा प्रदर्शन गरेको छ । प्रभावित उद्योगी, व्यवसायीका लागि आर्थिक प्याकेज तत्काल घोषणा गर्नुपर्ने, घर भाडाका लागि घरधनीहरुसँग छलफल गरी तत्काल सहजीकरण गर्नुपर्ने र बन्दाबन्दी अवधिभरको बैंक ब्याज मिनाहा गर्न राष्ट्र बैंकमार्फत वाणिज्य बैंकलाई तत्काल निर्देशन गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरिएको हो । धम्बोझी चोकबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङमार्फत् सरकारलाई विभिन्न राहत प्याकेजको माग समेटिएको ज्ञापन पत्र बुझाएका छन् ।

यस्तै, राज्यलाई बुझाउने सम्पूर्ण राजस्व कर लकडाउन खुलेको तीन महिनापछिको समय निर्धारण गर्नुपर्ने, उद्योग व्यवसायमा कार्यरत श्रमिकको तलब भुक्तानका लागि सरकार, व्यवसायी र श्रमिकको समान साझेदारीमा भुक्तान हुने व्यवस्था गर्नुपर्नेलगायत माग ज्ञापन पत्रमा समावेश गरिएको छ ।

Womui
Womui