२४ घन्टामा थपिए ४४८ कोरोना संक्रमित

37


छिनछिन खबर
काठमाडौं
– पछिल्लो २४ घण्टामा ४४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो वृद्धि अहिलेसम्मकै बढी हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४४८ जना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ । तीमध्ये ८७७ उपचारपछि निको भएका छन् । हालसम्म कोरोनाबाट १६ जनाको मृत्यु भएको छ । शुक्रबारसम्म नेपालमा १ लाख २१ हजार ८ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ ।

Womui
Womui