३९ जना बोकेको टिपर दुर्घटना, दुईको मृत्यु

316


छिनछिन खबर
सुर्खेत–
भारतबाट फर्किएका नेपालीलाई बोकेको टिपर दुर्घटनामा परेको छ । सीमाबाट उद्धार गरी क्वारेन्टिनमा लिँदै गर्दा ना८ख ५१३३ नम्बरको टिपर कालिकोटको नरहरीनाथ गाउँपालिकामा दुर्घटना भएको हो । अहिलेसम्म दुईजनाको मृत्यु भएको र चार जना घाइते भएको प्रदेश प्रहरी प्रमुख बसन्त पन्तले जानकारी दिए ।

टिपरमा ३९ जना थिए । सीमा क्षेत्र र रामेछापबाट भित्रिएकाहरुलाई जिल्लाकै होल्डिङ सेन्टरमा राखेर त्यहाँबाट क्वारेन्टिनमा राख्न रास्कोट नगरपालिका लैजाँदै गर्दा टिपर दुर्घटना भएको हो ।

Womui
Womui