कोहलपुर मेडिकल कलेजद्वारा गरिएको गर्भवतीको आन्द्राको शल्यक्रिया सफल

157

नेपालगन्ज– कोहलपु्र मेडिकल कलेजद्वारा गरिएको गर्भवतीको आन्द्राको शल्यक्रिया सफल भएको छ । अछामबाट रिफर गरिएकी अछाम चोरकोट गाउपालिका वडा नम्बर ५ घर भएकी २५ वर्षीया १८ हप्ताकी गर्भवती महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरले गरेको शल्यक्रिया सफल भएको हो ।

महिलामा कोरोना भाइरसको संक्रमण पनि देखिएको छ । उनलाई भेरी अस्पतालको ल्यावमा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । अप्रेशन गर्नु अघि स्वाब परीक्षण गर्दा महिलालाई कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । महिला केहि समय अघि मुम्बईदेखि नेपाल आएर क्वारेन्टाइनमा बसेकी थिइन् ।

त्यस्तै गर्भवती महिलामा कोरोना भाइरसको संक्रमण देखिएपछि कोहलपुर मेडिकल कलेज सिल गरिएको थियो । मेडिकल कलेजलाई सेनिटाइज गरिसकिएकाले बुधबारदेखि अस्पतालले दिँदै आएको सम्पूर्ण सेवा सुचारु गर्ने जनाएको छ ।

Womui
Womui