२४ घण्टामा २७९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४३६४ पुग्यो

39

छिनछिन खबर
काठमाडौं–
पछिल्लो २४ घण्टामा २७९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती संक्रमित थपिएका हुन् । यो सँगै देशभर कोरोना संक्रमितको संख्या चार हजार ३६४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार मोरङका ८, झापाका ५, चितवनका २, उदयपुरका ४, नवलपुरका १, सर्लाही २७, कपिलवस्तुका ४८, नवलपरासी पश्चिम ५, पाल्पाका १२, प्युठान ६, रुपन्देही ७, बाँके ३, बर्दिया १, सप्तरीका ६, दैलेखका २५, जाजरकोटका ३, सुर्खेतका ९, दार्चुलाका १, कैलालीका १२, कञ्चनपुरका २, डडेल्धुराका १, धादिङका १६, धनुषाका ११, गोरखा ४, नुवाकोटका १, रौतहटका ५३, सिन्धुपाल्चोकका २, सिरहाका १ जना छन् । अहिलेसम्म मृतकको संख्या १५ छ ।

Womui
Womui