सुनको मूल्य बढ्यो

173

काठमाडौं– सोमबार सुनको प्रति तोला मूल्य ८७५०० रुपैयाँ पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सु्नको मूल्य आइतबार प्रतितोला ८७४०० रूपैयाँ तोकिएको थियो। तेजावी सुनको मूल्य भने १०५ रूपैयाँ बढेको छ। महासंघका अनुसार सोमबार तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ६५ रूपैयाँ कायम गरिएको छ। यसअघि आइतबार तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ९ सय ६० रूपैयाँ निर्धारण गरिएको थियो।

महासंघले लकडाउनको साढे दुई महिनापछि आइतबारदेखि दैनिक मूल्य निर्धारण गर्न थालेको छ। महासंघले आइतबार छापावाल सुनको मूल्यमा १०४०० रुपैयाँ बढाएको थियो।

Womui
Womui