रुपन्देहीको तिलोत्तमामा ५ जनाको सामूहिक हत्या

67


छिनछिन खबर
बुटवल–
रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवा गाउँमा ५ जनाको सामूहिक हत्या भएको छ । उनीहरूलाई किन हत्या गरिएको हो भन्नेबारे अहिलेसम्म केही नखुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलम चार जनाको मृत्यु भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।


मृतकहरुमा ४० वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १८ वर्षीय पकलाल मुसहर, करण चौधरी र १७ वर्षीय आसिफ चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्क बहादुर खत्रीले हत्याको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउ पर्नेमा सुर्खेत बस्ने वर्ष ३१ को झसेन्द्र सिंजाली रहेको प्रहरीले जनाएको छ ।

Womui
Womui