जागिरबाट निकालिएका आउजीको मृत्यु

159

नेपालगन्ज– जिल्लास्थित बयालपाटा अस्पतालबाट जागिरबाट निकालिएका सिद्धार्थ आउजीको उपचारको क्रममा मृत्यु भएको छ । अस्पतालले आर्थिक समस्या भएको भन्दै जागिरबाट हटाएपछि साँफेबगर नगरपालिका ६ का आउजीले अस्पताल परिसरमै आफूमाथि पेट्रोल छर्केर आगो लगाएका हुन्।

आर्थिक समस्या भएको भन्दै अस्पतालले ३३ जना कर्मचारीलाई हटाएको थियो। तीमध्ये सरसफाइको काम आउजीले आफ्नै शरीरमा आगो लगाएका थिए। देशमा कायम लामो समयदेखिको लकडाउनमा परिवारको रोजीरोटी चल्ने माध्यम नै बन्द भएपछि आउजीले मृत्युको बाटो अपनाएको हुन सक्ने प्रहरीले जनाएको छ ।

यता अस्पतालले कर्मचारीको कार्यसम्पादन, अनुशासन हेरेर बाहिरी सहयोग आउन बन्द भएपछि आर्थिक अभावका कारण कर्मचारी कटौती गरेको बताएको छ । आउजीको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।

Womui
Womui