३१४ थपिए, नेपालमा ३७६२ संक्रमित

55

काठमाडौं- नेपालमा थप ३१४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको नियमित मिडिया बिफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थप २९४ पुरुष र २० महिलामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

योसँगै नेपालमा कोरोना भाइरसका संक्रमित ३७६२ पुगेको छ । संक्रमितमध्ये १४ जनाको मृत्यु भइसकेको छ भने ४८८ जना निको भएर घर फर्किएका छन् ।

Womui
Womui