रिपोर्ट पोजेटिभ आएपछि वडा कार्यालय घेराउ !

56

धनगढी- आरडीटी रिपोर्ट पोजेटिभ आएपछि वडा कार्यालय घेराउ भएको छ । कैलालीस्थित गौरीगंगा नगरपालिका ६ को अमर माविमा रहेको क्वारेन्टाइनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिले आफूहरुको पीसीआर परीक्षण हुनुपर्ने माग गर्दै वडा कार्यालय घेराउ गरेका हुन्।

आरडिटी पोजेटिभ देखिएका एक व्यक्तिले आफूहरुको उपचारमा स्थानीय तहले बेवास्ता गरेको आरोप लगाए। उनले आफूहरुलाई रिपोर्ट पोजेटिभ देखिएको भन्दै गाउँभरि हल्ला फैलाइएकाले तनाव भएको र आन्दोलन गर्न बाध्य भएको बताए। वडाअध्यक्ष कमला शर्माले अमर माविको क्वारेन्टाइनमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिले पीसीआर परीक्षणको माग गरिरहेको बताइन्। वडाध्यक्ष शर्माका अनुसार सेती प्रादेशिक अस्पतालले स्वाब परीक्षण स्थगित गरेकाले अझै दुई दिन पीसीआर परीक्षण गर्न नसकिने बताइन् । अस्पतालले स्वाब संकलन सुचारु गरे उनीहरूको पीसीआर परीक्षण गरिने वडाअध्यक्ष शर्माले बताइन् । उक्त क्वारेन्टाइन रहेका ६२ जनाको तीन दिनअघि आरडीटी परीक्षण गरिएको थियो। तीमध्ये ७ जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ। आरडीटी पोजेटिभ देखिएकामध्ये एकजना घरमै होम क्वारेन्टाइनमा बसेका छन् ।

Womui
Womui