सशस्त्रमाथि ढुंगामुढा, स्थित साम्य पार्न हवाइ फायर

68

नवलपरासी- स्थानीयवासीले सशस्त्र प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् । जिल्लास्थित प्रातापपुर गाउँपालिका वडा नम्बर ५ बेसहिया नाकामा आइतबार साँझ स्थानीयले सशस्त्रमाथि ढुंगामुढा प्रहार गरेका हुन् ।

भारतबाट मल भित्र्याउन रोक लगाएको बहानामा सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीमाथि स्थानीयवासीले ढुंगा र गुलेलीको सहाराले आक्रमण गरेपछि चार राउन्ड हवाइ फायर भएको छ । स्थितलाई नियन्त्रणमा लिन हवाइ फायर गरिएको सशस्त्र प्रहरीले जनाएको छ । घटनामा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

Womui
Womui