कोरोना संक्रमण देखिएपछि बर्दिया जिल्ला प्रशासन कार्यालयलगायत २ गाउँ बन्द

92

बर्दिया– कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय बर्दियालगायत २ गाउँलाई पूर्ण रुपमा बन्द गरिएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारीका सवारी चालकमा समेत संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय बर्दिया पूर्ण रुपले बन्द गरिएको छ भने एक स्वास्थ्यकर्मी र एक स्थानीयलाई पनि कोरोना भाइरसको संक्रमण देखिएपछि बढैयाताल वडा नम्बर ७ र ६ लाई पनि बन्द गरिएको हो ।

बढैयाताल गाउँपालिका ७ बकोतियाकी २५ वर्षीया स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उक्त गाउँ पूर्ण रुपले बन्द गरिएको बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार बढैयाताल– ६ मैनापोखरका ३६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएपछि मैनापोखर गाउँ पनि तीन दिनसम्मका लागि बन्द गरिएको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय बर्दियालाई बन्द गरी १९ जनाको पीसीआरका लागि स्वाब संकलन गरिएको छ। कोरोना भाइरस संक्रमित चालकलाई गुलरियास्थित जिल्ला समन्वयको सभाकक्षको आइसोलेसनमा राखिएको छ भने बढैयाताल गाउँपालिका वडा नम्बर ७ र ६ का कोरोना संक्रमित व्यक्तिको परिवारका सदस्यको पपीसीआर परीक्षण रिपोर्ट नआउँदासम्म गाउँ नै पूर्णरुपले बन्द रहने बढैयातालका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए।

Womui
Womui