माफी मागेपछि सञ्चार माध्यम सञ्चालनमा

51

छिनछिन खबर
नेपालगन्ज, भदौ १८
थरुहट संयुक्त संघर्ष समिति बाँकेले पत्रकारमाथि कुटपिट र दुव्र्यवहार भएकोमा माफी माग्दै त्यस्ता घटना आइन्दा नदोहोरिने प्रतिबद्धता जनाएपछि कोहलपुरका सञ्चारमाध्यमहरु शुक्रबारबाट सञ्चालन भएका छन् । समितिले माफी माग्दै अब त्यस्ता घटना नदोहो¥याउने र प्रेसमाथि आँच पुग्ने खालका कुनै गतिविधि नगर्ने प्रतिवद्धता जनाएको छ ।
समितिले माफी मागेपछि पत्रकार महासंघ बाँकेको टोली र थरुहट संयुक्त संघर्ष समिति बाँकेका संयोजक चन्द्रबहादुर थारुले संयुक्त रुपमा रेडियो प्रतिबोध एफएम र कोहलपुर एफएमको ट्रान्समिटर खोलेर सञ्चार माध्यम सञ्चालनमा ल्याएका हुन् । दुई दिनअघि आन्दोलनरत थरुहटका कार्यकर्ताले मिसन टुडे दैनिकका प्रकाशक÷प्रधानसम्पादक बिनोद पौडेललाई कुटपिट गर्नुका साथै रेडियो प्रतिबोध एफएमका पत्रकार पुजन विश्वकर्मालाई ज्यान मार्ने धम्की दिएका थिए ।

सञ्चारकर्मीमाथि आक्रमण र दुव्र्यवहारको उक्त घटनापछि असुरक्षाको कारण देखाउँदै बिहीबार कोहलपुरका ५ वटा दैनिक पत्रिका र दुई वटा एफएम बन्द गरिएको थियो । घटनाको पत्रकारका संघ, संगठन, मानव अधिकारकर्मी, नागरिक समाज लगायतले चौतर्फी भत्र्सना गरेका थिए ।

Womui
Womui