“बन्द, हड्ताल गरेर सास्ती नदेउ” : महिला नेतृ

121

छिनछिन खबर
नेपालगन्ज, भदौ १८
बन्द, हड्ताल गरेर सास्ती नदिन बाँकेका महिला नेतृहरुले आग्रह गरेका छन् । बन्दको विकल्प खोज्न सम्वन्धितलाई उनीहरुले सुझाव समेत दिए । अन्तरपार्टी महिला सञ्जाल बाँकेले शुक्रबार नेपालगन्जमा गरेको कार्यक्रममा अधिकांस महिला नेतृले यस्तो बताएका हुन् ।
लगातार तीन हप्ता भन्दा बढी समयदेखिको बन्दले महिलालाई बढी समस्या भइरहेको उनीहरुले बताए ।aa पुर्व सभासद एवम् काँग्रेस नेतृ मोहम्मद्धी सिद्धिकीले आफ्नो अधिकार माग्दा अरुको अधिकारको पनि ख्याल गर्न आग्रह गरिन् । उनले भनिन् ‘बन्द गर्नु मात्र आन्दोलन होईन ।’ मान्छे मारेर आन्दोलन सफल नहुने सिद्धिकीको भनाई छ । सञ्जाल बाँकेकी अध्यक्ष नारायणी रुपाखेतीको सभापतित्वमा भएको कार्यक्रममा एकिकृत नेकपा माओबादी बाँकेका अध्यक्ष अकलबहादुर बम, काँग्रेस नेतृ किरण कोईराला, एमालेकी विजया धिताल, नन्दा शर्मा लगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न दल निकट महिला नेतृहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Womui
Womui