हत्यारालाई कारबाही माग्दै कोहलपुरमा प्रर्दशन

39

छिनछिन खबर

कोहलपुर, भदौ १८
हत्यारामा संलग्नलाई कानुनी कारबाही माग गर्दै स्थानीय बासिन्दाले कोहलपुरमा प्रर्दशन गरेका छन् । उनीहरुले शुक्रबार बेलुका इलाका प्रहरी कार्यालय समेत घेराऊ गरे । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर नौवस्ता–२, निवासी करन सिंहको मृत्यु भएपछि स्थानीयले कारबाही माग गर्दै प्रर्दशनमा उत्रिएका हुन् । उनीहरुले नाराबाजी गर्दै कोहलपुर परिक्रमा गरेका थिए । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) राजिव बस्नेतले दोषीलाई कारबाही हुने आश्वस्त पारेपछि स्थानीय बासिन्दा फर्किएका थिए ।

Womui
Womui