२७८ जना थपिएपछि नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो २९१२

32


छिनछिन खबर
काठमाडौं–
पछिल्लो २४ घण्टामा २७८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २७८ जना नयाँ कोरोना संक्रमित थपिएको जानकारी दिएको छ ।

नेपालमा अब कोरोना संक्रमितको संख्या २९ सय १२ जना पुगेको छ । तीमध्ये ३३३ संक्रमित निको भएका छन् । निको हुनेमा पुरुष २७२ र महिला ६१ जना रहेका छन् ।

Womui
Womui