जोखिम बेहोर्न नसक्ने भएपछि दुई महिनामै बन्द भयो कोरोना बिमा

172


छिनछिन खबर
काठमाडौं
– बिमा कम्पनीहरुले जोखिम ब्यहोर्न नसक्ने भएपछि दुई महिनामै कोरोना बिमा योजना बन्द गरेका छन् । ब्यक्तिले एक पटकमा एक हजार र परिवारका सदस्यले छ सय रुपैयाँ बुझाएपछि एक वर्षसम्मका लागि एक लाख रुपैयाँ बराबरको बिमा हुने गरी कारोना बिमा योजना सुरु गरिएको थियो ।

तर केही समययता कोरोनाका बिरामी थपिने क्रम बढेपछि कम्पनीहरूले बिमा बहन गर्न नसकेर जेठ २३ गतेदेखि कोरोना बिमा बन्द गर्ने निर्णय गरेका हुन् । बिमा समितिले सबै बिमा कम्पनीलाई कोरोना बिमा नगर्न निर्देशन दिइसकेको छ । दुई महिनाकमो अवधिमा करिब तीन लाखले सहभागिता जनाएर १६ करोड रुपैयाँ प्रिमियम संंकलन भइसकेको छ ।

बिमा गरेका कुनै ब्यक्तिलाई १५ दिनपछि कोरोना संक्रमण पुष्टि भयो भने तत्काल एक लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसैगरी ५०० रुपैयाँ भुक्तान गर्नेलाई ५० हजार रुपैयाँ उपचार खर्च दिनुपर्ने हुन्छ ।

Womui
Womui