बाँकेको राप्तीसोनारी, नरैनापुर र खजुरामा क्रमशः १४, २ र १ संक्रमित थपिए

69

नेपालगन्ज– राप्तीसोनारी, नरैनापुर र खजुरा गाउँपालिकामा क्रमशः १४,२ र १ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । राप्तीसोनारी गाउँपालिकामा एकै दिन १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का १६ देखि ४५ वर्ष उमेर समूहका १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
त्यस्तै नरैनापुर गाउँपालिका वडा नम्बर ६ का २० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिकामा २२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार स्वास्थ्य त था जनसंख्या मन्त्रालयले जारी गरेको सूचनाका अनुसार राप्तीसोनारी, नरैनापुर र खजुरा गाउँपालिकामा १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

Womui
Womui