औषधिसेवन गर्न नपाउँदा एक महिलाको बैतडी क्वारेन्टाइनमा मृत्यु

46


बैतडी– आर्थिक अभावले औषधि सेवन गर्न नपाउँदा एक महिलाको मृत्यु भएको छ । जिल्लास्थित पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २२ वर्षीया सुनिता लोहारको मंगलबार बिहान मृत्यु भएको हो ।

जेठ १६ गते गौरीफन्टा नाका हुँदै पत्नी र १८ महिने बच्चासहित स्वदेश फर्किएका लोहारले भारतको पञ्जाबबाट मुगुरोगको उपचार गराएर फर्किए पनि आर्थिक अभावका कारण विगत १२ दिनदेखि औषधि सेवन गर्न नपाउँदा मृत्यु भएको हुनसक्ने दुःखेसो पोखे ।

सोमबार सुनिताको अवस्था सामान्य रहे पनि मंगलबार बिहानै उनको मृत्यु भएको भटना स्वास्थ्य चौकीका इन्चार्ज रोहितकुमार धानुकले जानकारी दिए । मृतक महिलामा कोरोना भाइरस भए नभएकोबारे परीक्षण गर्ने तयारी भइरहेको धानुकले बताए ।

Womui
Womui