विभिन्न माग राख्दै डा. गोविन्द केसीको अर्को अनसन

38

डोटी–विभिन्न माग राख्दै डा. गोविन्द केसी पुनः अनसन बसेका छन् । दार्चुला सदरमुकाम खलंगाको जगन्नाथ मन्दिरमा उनले सीमा सुरक्षालगायतको विषयलाई लिएर मंगलबार अनसनमा बसेका छन् । उनी मंगलबार र बुधबार अनसनमा बस्ने छन् ।

उनले सबै नागरिकको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँच हुनु पर्ने, दार्चुलालगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच, गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था, भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्नुपर्ने माग राख्दै अनसन सुरु गरेका हुन् । योसँगै उनको यो १८ औं अनसन हो ।

Womui
Womui