अस्पतालको लापरबाहीले नवजात शिशुको मृत्यु

200

बाँके– भेरी अस्पताल नेपालगन्जमा नाबालक शिशुको मृत्यु भएको छ । भेरी अस्पतालमा प्रसूति गराउने क्रममा कालिका तिनकाना, बर्दियाकी २८ वर्षीय सरस्वती बडवालको नाबालक शिशुको मृत्यु भएको हो । अस्पतालको लापरबाहीका कारण शिशुको मृत्यु भएको सरस्वती बडवालका आफन्तको आरोप छ ।

प्रसूति गराउनका लागि बर्दियाबाट सोमबार बेलुकी ९ बजे भेरी अस्पतालमा बडवाललाई ल्याइएको थियो । बडवालको हेरचारका लागि अस्प्तालले चरम लापरबाही गरेको बडवालका दाई गोरख खत्रीले बताए । ‘अस्पतालमा ल्याइसकेपछि अस्पतालका कोही पनि डक्डर थिएनन् । नर्समात्र थिए ,’ खत्रीले भने । खत्रीका अनुसार नर्सहरुले सामान्य चेकजाँच गरेर आमा र बच्चाको अवस्था सामान्य रहेको बताएका थिए । आमा र बच्चाको अवस्था समान्य भएको बताए पनि सल्यक्रिया गर्ने क्रममा एउटा बच्चा मृत्यु भएको आफन्त विन्द्रा बडवालले बताइन् । नाँभीमा बच्चा बेटारियाका कारण बच्चाको मृत्यु भएको डाक्डरले बताएको विन्द्राले बताइन् ।

दुईवटा बच्चा जन्माएकी सरस्वतीको अवस्था सामान्य भएता पनि जीवित अर्का शिशुको अवस्था भने सामान्य छैन । जीवित शिशुको अवस्था सामान्य नभएका कारण आइसियुमा उपचार भइरहेको विन्द्राले बताइन् । सल्यक्रिया बिहान १० बजे भएता पनि त्यसअघि डक्टर तथा अस्पतालबाट बच्चा र आमाको अवस्थाबारे केही जानकारी नआएको गोरख खत्रीले बताए । ‘यदि बच्चाको अवस्था खराब भएको भए अस्पतालले सल्यक्रिया गर्नुभन्दा अघि नै बताउनु पर्छ,’ खत्रीले भने, ‘बच्चा र आमाको अवस्था सामान्य हुँदा हुँदै पनि अस्पताल र डक्टरको चरम लापरबाहीले बच्चाको मृत्यु भएको हो ।’ अस्पतालको लापरबाहीका कारण बच्चाको मृत्यु भएकाले न्यायका लागि सम्बन्धित निकायसम्म पुग्ने खत्रीको भनाइ छ ।

Womui
Womui