वन कर्मचारीले भत्काईदिए सर्वसाधारणको घर, गोठ

340

नेपालगन्ज, जेठ १९-
बाँकेको नरैनापुरमा वन कर्मचारीले स्थानीय सर्बसाधारणको घर, गोठ नै भत्काइदिएका छन् । कोरोना भाइरसको महामारीका कारण सरकारले सर्बसाधारणलाई नागरिकलाई घरमै सुरक्षित रुपले बस्न आग्रह गरिरहेको छ । तर, राज्यकै कर्मचारीले खान तलासीका नाममा सर्बसाधारणको घर, गोठ नै भत्काइदिएका छन् । नरैनापुर वन कार्यालयबाट खटिएका वन कर्मचारीले स्थानीय फेदीराम यादव, मुन्नु यादव, बुधु यादव र बिश्राम यादवको घर, गोठ भत्काइदिएका हुन् ।

महामारीको समयमा घर, गोठ भत्काइदिएपछि स्थानीय बासिन्दाको बिचल्ली भएको छ । स्थानीयले घर, गोठ बनाउन आवश्यक परेको केही काठपात नजिकैको जंगलबाट ल्याएका थिए । जंगलबाट काठपात ल्याएर घर र गोठमा प्रयोग गरेको सूचना पाएपछि वन कर्मचारीको टोली आएर चार जना स्थानीयको घर, गोठ नै भत्काइदिएका हुन् । घर, गोठ भत्काइदिएर केही काठ बरामद गरी लगेको स्थानीयले बताएका छन् ।

‘जंगलबाट केही काठपात घर, गोठमा प्रयोग गरेका थियौंं, वन कर्मचारीले मानवताको ख्याल नै नराखेर क्रुर ब्यवहार देखाए, यस्तो महामारीको बेलामा हाम्रा घर, गोठ नै भत्काइदिए,’ पीडितले भने । वन कर्मचारीले घर, गोठ भत्काइदिदाँ समस्या भइरहेको उनीहरुको दुखेसो छ । नरैनापुर क्षेत्रका वन कर्मचारीले सामान्य नागरिकलाई धेरै पेल्ने र पावर तथा पहुँचमा रहेका ब्यक्तिसँग सेटिङ मिलाउने गरेको स्थानीयको गुनासो छ ।

Womui
Womui